शरणामती,पुस १ । झापाको झापा गाउँपालिकामा प्रदेश १ अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ।आगामी पुष ५ गतेबाट हुने सो प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले नगद एक लाख हात पार्ने छ।
दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको नाममा संचालन हुने सो प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार हात पार्ने छन्।
त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले समेत राम्रै नगद हात पार्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार हात पार्दा उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय प्राप्त गर्ने छन्।
प्रदेश नम्बर १ का १४ ओटै जिल्लाका पालिकाहरुको सहभागिता रहने सो प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगिता झापा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माविको खेल मैदानमा हुनेछ ।
प्रतिक्रिया