+
Search

ताजा अपडेट +

पपुलर +

झापाको दमकमा एक युवकको हत्या

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २९, बुधबार २३:५१ गते

१ पौष २०७८, बिहिवार |
झापाको दमक बजारमा हिजो ( बुधबार ) राती ७ बजे एक युवकको हत्या भएको छ ।

दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट घाईते भएका उनको उपचारका लागि विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको डिएसपी कार्कीको भनाई छ । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन ।

‘साँझ ७ः३० बजेको समयमा मार्केटको भित्रपट्टि सटर छेउमा खुकुरी प्रहार भएको रहेछ,’ डिएसपी कार्कीले भने। प्रहरीले सो घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd