बाह्रदशी / झापाको बाह्रदशी गाँउपालिकाका केहि सामुदायिक विद्यालयका सेवा निवृत कर्मचारीले सुबिधा बापत पालिकाले दिएको अनुदान रकम प्रति चित्त दुखाएका छन् ।
कटरडाँगी आधारभूत विद्यालय बाह्रदशी ५ का कार्यालय सहयोगी नरनारायण काफ्ले , पशुपति मावि बाह्रदशी ३ का कार्यालय सहयोगी प्रेमलाल राजवंशी , सोही विद्यालयका विद्यालय कर्मचारी मोहितलाल कामती , जन विकास मावि बाह्रदशी ४ का कार्यालय सहयोगी पूर्णप्रसाद उप्रेतीले पालिकाको शिक्षा विकास समिति संग असन्तुष्टी राखेका छन् ।
यस्तै, वडा नं ७ स्थित पशुपति आधारभूत विद्यालयका कार्यालय सहयोगी फत्तेबहादुर खड्का र वडा नं ५ स्थित फूलबारी माविका कार्यालय सहयोगी कुमार रिजालले गम्भिर असन्तुष्टी राखेका छन् ।
जिवनको उर्वर उमेर विद्यालयको स्तर उन्नती, बालबालिकाको हेरचाह र प्रशासनिक चौकिदारको रुपमा काम गर्दा पालिकाले दिएको २ लाख ५० हजारमा उनिहरुले चित्त बुझाएका छैनन् । उनिहरुले भने, हलि बसेको भए जमिनदारले जिवन गुजारा चलाउने थोरै भएपनि खेत दिन्थे ।’
कार्यपालिका बैठकले उनीहरुलाई सेवामुक्त गर्ने निर्णय गरेको हो । आफूहरुलाई स्वेच्छिक अवकाश पत्र हातमा थमाएर जबर्जस्ती कामबाट निस्काशन गरिएको कटरडाँगी आधारभूत विद्यालयका कार्यालय सहयोगी काफ्लेले बताए । मंसिर महिनादेखि तलब नदिने भनेर आफूहरुलाई निकालियो,’ उनले भने ।
काफ्ले सो विद्यालयका इमान्दार र अनुभवी विद्यालय कर्मचारीका रुपमा परिचित छन् । विद्यालयमा अधिकाँस शिक्षक अनुपस्थित हुँदा उनि एक्लै विद्यार्थीलाई परेजमा राखेर उनले विद्यालय चलाउँथे । स्थानीय दिपेन याक्थुम्बाका अनुसार आफुले सक्के कक्षामा काफ्ले सरले पढाउनु हुन्थ्यो ।
‘४० वर्ष कटरडाँगी आधारभुत विद्यालयमा काम गर्दा काफ्ले सरले विद्यार्थीको सुरक्षामा विशेस ध्यान दिनुहुन्थ्यो,’ उनले भने ‘विद्यालय जान दुईवटा ठुला खोला तर्नुपर्ने वर्षौ देखीको समस्या अहिले पनि छ । एउटा काँधमा साइकल र अर्को काँधमा तीन जाना विद्यार्थी राखेर अब कस्ले तार्छ ?’
पालिकाले उनिहरुलाई दिएको अनुदान रकममा पनि उनले असन्तुष्टी राखेका छन् । जनप्रतिनिधि महंगा महंगा गाडिमा सयर गर्छन । कर्मचारीलाई सरकारले पनि त्यस्तै खालको सुविधा दिएको छ । तर, विद्यालयका कर्मचारी बहिगर्मीत हुँदा पालिकाले दिनुपर्ने आर्थिक सुविधा त्यति नै हो ?’ उनले भने ‘तत्काल पुर्नविचार होस् ।’
कटरडाँगी आधारभूत विद्यालयमा ४० वर्षदेखि कार्यरत काफ्ले भन्छन् ‘ यही विद्यालयमा जिन्दगी सर्वस्व सुम्पियौं अहिले छोड्ने बेलामा अढाई लाख ! त्यसले बुढेसकालमा के हुन्छ ?’ कान नसुन्ने र आँखा नदेख्ने ७० वर्षिय काफ्लेले ४५० दिनको सन्चित विदाको रकम समेत नपाएको गुनासो गरे ।
आक्थुम्बाले भने, ‘संचित विदाको पैसा काफ्ले सरले पाउनु भएन भने न्यायको ढोका ढकढकाउन हामि पछि पर्देनौ ।’ कटरडाँगी आधारभूत विद्यालयमा विगत ४० बर्षदेखि कार्यरत काफ्ले ( काफ्ले सर ) कुनै समयमा थर्ड सरले परिचित थिए ।
‘४० बर्ष घण्टी बजाएर कान नै कमजोर भईसकेको कर्मचारीलाई जम्मा २ लाख ५० हजार दिएर निकाल्नु अन्याय भएन र ?’ सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका याक्थुम्बा प्रश्न गर्छन् , ‘उमेर र बैस हुन्जेल सेवा गरेर जिन्दगी बितिसक्यो, न पानी न झरी न बाढी खोला नभनी टाइममा आउनुहुन्थ्यो कति जोखिम मोल्नु भएको थियो ।
अहिलेको महँगीमा पालिकाले दिएको त्यति पैसाले के हुन्छ ?’कामबाट निकालिएका ती कर्मचारी र उनीहरुको परिवारको जिविकोपार्जनको बारेमा गाउँपालिका उदासिन बनेको उनले आरोप लगाए ।
बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले ती कर्मचारीहरुलाई पालिकाले राम्रो संबोधन गरेको प्रतिक्रिया दिए ।‘उहाँहरुको गुनासो आउनु स्वाभाविक हो , रकमको हिसाबले कमै हो ’ उनले भने ,‘ सकेसम्म हामीले संबोधन गरेका छौं,’ उनले भने ।
स्थानीय तहले नियुक्ति नगरेका ती विद्यालय कर्मचारीहरुलाई खाली हात घर पठाउनु मनासिव नदेखेर गाउँपालिकाको तर्फबाट केही न केही संबोधन गरेको उनको भनाई छ ।
विद्यालयले नियुक्ति गरेका ती कर्मचारीका लागि सम्बन्धित विद्यालयले पनि संबोधन गर्नुपर्ने उनले बताए । स्थानीय अभिभावक भन्छन,‘ विद्यालय कर्मचारीले कम्तिमा पाँच लाख नपाए आन्दोलनको विकल्प छैन ।’
प्रतिक्रिया