+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीको एउटै वडामा ५० लाखको सिञ्चाई सामग्री बितरण

दर्पण
२०७८ मंसिर २८, मंगलवार १३:०८ गते

झापा, २८ मंसीर ।
बाह्रदशी गाउँपालिका–४ का कृषकको मुख्य समस्याका रुपमा रहेको सिञ्चाई समस्या समस्या समाधान भएको छ । केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिँउदको समयमा बाँझैं रहने गरेका थिए ।

तर, बाह्रदशी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिञ्चाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसंगै सिञ्चाईको समस्या समस्या भएको हो ।

अहिले बाह्रदशी ४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की बितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत बितरण गरिएको वडाध्यक्ष मियाले बताए ।

केही सामग्री सत प्रतिशत अनुदानमा वितरण गरिरहेका छन् भने केही केही सामग्री लागत सहभागीतामा बितरण गरिएको हो ।
कृषकका लागि ३० लाख रुपैयाँ बराबरको सिञ्चाईका विभिन्न सामग्री बितरण गरिएको छ भने २० लाख रुपैयाँ भन्दा बढी सामग्री खरिदमा कृषकको समेत सहभागीतामा रहेको छ ।

मंगलबार मात्रै वडा कार्यालयले ३८ थान २÷३ हर्ज पावरको मोटर बितरण गरेको छ भने १२ थान बोरिङ वितरण गरेको छ । सबै कृषकलाई सहज रुपमा सिँञ्चाइको पहुँच पु¥याउन वडा कार्यालयले बोरिङ सत प्रतिशत अनुदानमा प्रदान गरेको हो भने मोटर ५० प्रतिशत अनुदानमा कृषकका लागि बितरण गरिएको वडाध्यक्ष मियाले बताए ।

पहिलो वर्षदेखि नै कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाएको र कृषकको जीवनस्तर माथि उठाउन पहल गरेको वडाध्यक्ष मियाको भनाई छ । तरकारी खेतीका लागि जिल्लामै परिचित बाह्रदशी गाउँपालिको वडा नम्वर ४ का अधिकांश कृषक तरकारी खेतीमा निर्भर छन् ।

तर, सिञ्चाईको समस्याले केही वर्ष अघिसम्म यहाँका कृषक समस्यामा थिए । तर, वडा कार्यालयले अहिले प्राय सबै कृषकलाई सहज हुनेगरी मोटर र बोरिङको व्यवस्थापन गरेपछि यहाँका कृषक हर्षित देखिएका छन् ।

यो खबर janaandolan छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।