+
Search

ताजा अपडेट +

पपुलर +

दुई घण्टा नपुग्दै नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार बन्द

दर्पण
२०७८ मंसिर २८, मंगलवार ०७:२१ गते

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा अर्थात १२ः३८ मा नेप्से सूचक ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेको छ। यस्तै सेन्सेटिभ सूचक पनि ४.३२ प्रतिशतले बढेको छ।

अब ४० मिनेपछि नेप्सेमा पुनः कारोबार सूचारु हुनेछ। सो पश्चात नेप्से ६ प्रतिशत बढेमा मंगलबार पुरै दिनको लागि शेयर कारोबार बन्द हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।