+
Search

ताजा अपडेट +

पपुलर +

२७७७ मतगणना हुँदा शेरबहादुर देउवा १३१८, शेखर कोइराला १०२३

दर्पण
२०७८ मंसिर २८, मंगलवार ०२:०२ गते

२८ मंसिर २०७८ |
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाउनुभएको छ । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो ।
जारी मतगणनाको पछिल्लो परिणाम-

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ ।

४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।