+
Search

ताजा अपडेट +

पपुलर +

विश्वप्रकाशको जितको कामना गर्दै पूजा

दर्पण
२०७८ मंसिर २७, सोमबार ०५:४५ गते

सोमबार, २७ मंसिर ।

पोखराकी बाल अभियन्ता प्रेन्सा रेग्मीले नेपाली काङ्ग्रेसका प्रवक्ता तथा १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माको जितको कामना गर्दै पूजा गरेकी छन् ।

प्रेन्साले पूजाकोठामा आफ्नो मोबाइलमा शर्माको तस्बिर राखेर उनको जितको कामना गर्दै भगवानसँग प्रार्थना गरेको जनाएकी छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी प्रेन्साले शर्माले दिएको रुद्राक्ष जपिरहेको सुनाउँदै उनका लागि मतसमेत मागेकी छन् ।

साथै उनले शर्माको जित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनलाई शुभकामनासमेत दिएकी छन् । शर्मा सभापतिका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको दौडमा छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइराला टिमबाट महामन्त्रीमा उठ्ने चर्चा रहेपनि शर्माले कोइराला प्यानलबाट टिकट पाएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।