+
Search

ताजा अपडेट +

पपुलर +

विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ एमालेको केन्द्रीय सदस्यमा मनोनीत

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २७, सोमबार ०१:०४ गते

२७ मंसिर २०७८, सोमबार ।
झापाको बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालक दुर्गा प्रसाईँ नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

उनीसँगै पार्टीले १० प्रतिशत सदस्य मनोनीत गरेको हो । भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले मनोनीत हुनेहरूको सूची पढेर सुनाएका थिए ।

झापाको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गरिरहेका प्रसाईँ केही समययता एमालेको राजनीतिमा सक्रिय छन् ।

प्रसाईँ असोजमा भएको विधान अधिवेशन र चितवनमा भएको दशौं महाधिवेशनमा प्रतिनिधि थिए । माओवादी पृष्ठभूमिका प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक भिजनलाई सघाउने भन्दै एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd