+
Search

ताजा अपडेट +

पपुलर +

थ्री स्टारसँग बराबरी खेलेको एपीएफले खाता खोल्यो

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २७, सोमबार ०१:०० गते

२७ मंसिर २०७८, सोमबार ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबको खेल बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

आजको बराबरीसँगै थ्री स्टार चार खेलमा पाँच अङ्क जोड्न सफल भएको छ । यस्तै एपीएफले खाता खोलेको छ । यसअघिका तीन वटै खेल हारेको एपीएफले आज थ्री स्टारसँग बराबरी खेल्दै एक अङ्क जोडेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd