२६ मंसिर २०७८, आइतवार ।
दाङमा आज आइतवार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा अन्य १६ जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा सल्यान कपुरकोट गाउँपालिका ४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, त्यही ठाउँकी ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् ।
तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिनुभयो ।
जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । जीप सडकबाट तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया