२५ मंसिर २०७८, शनिवार ।
झापाको बिर्तामोड–२ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रामचोकको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको बा १९ च ४०५ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गएको ना २० प २१८८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवारी शिवसताक्षी नगरपालिका ५० वर्षीय नगेन्द्र भण्डारी गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भण्डारीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज साँझ मुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तिब्र गतिका कारण सवारी दुर्घटना भएको बताइएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया