+
Search

ताजा अपडेट +

पपुलर +

घरबगैंचा कृषाी सहकारीको अध्यक्षमा पुनः लक्ष्मी तिवारी चयन

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २५, शनिबार ११:५० गते

झापा, मंसिर २५ ।
घरबगैंचा कृषी सहकारी संस्था बाह्रदशी ६ को अध्यक्षमा पुनः लक्ष्मी तिवारी तेस्रो कार्यकालको लागि चयन भएका छन् । संस्थाको शनिवार बाह्रदशीमा ७ रेडक्रस भवनमा भएको ९औं वार्षिक साधारणसभाबाट ३ वर्षे कार्यकालका लागि तिवारी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा शैलुजा राजवंशी, व्यवस्थापकमा टिकाराम रोका निर्विरोध चयन भएका छन् ।

यस्तै, अन्य सदस्यहरूमा भरत कुमार रोका, मणिकुमार कार्की, चम्मा देवि तिवारी पनि निर्विरोध चयन भएका छन् । कार्यक्रममा निर्वाचन समितिका संयोजक, गाैरिशंकर माविका शिक्षक तुलाराम निराैलाले निर्विरोध निर्वाचित समितिको नामावली घोषणा गरेका हुन ।

संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघको सदस्य तिलक प्रसाद सिहं राजवंशी रहनु भएको थियो ।

संस्थाको नवाै साधारण सभाले संस्थाको लगानीमा १ प्रतिशतले ब्याज घटाएको छ । यस अघि १५ प्रतिशत ब्याजदर रहेकोमा अव देखी १४ प्रतिशत मात्र रहने छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा लोकपृय बन्दै गएको सहकारीले संस्थाका सदस्य पनि निरन्तर बढाउदै लगेको छ ।

कार्यत्रमको सञ्चालन संस्थाका व्यवस्थापक टिकारम रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd