+
Search

ताजा अपडेट +

पपुलर +

काँग्रेस सभामा लिङदेनले भने– नेता आउँदा गाउँलेले ‘कुन चोर आएछ ? भन्छन्

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २४, शुक्रबार १४:०४ गते

२४ मंसिर २०७८, शुक्रवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै देशको राष्ट्र प्रमुखको रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने खाँचो औंल्याएका छन् ।

उनले महाधिवेशन औपचारिकता निर्वाह गर्ने वा नेतृत्व चयन गर्नेमा मात्रै सीमित नभएर छवी सुधार्ने मौकाको रुपमा लिनुपर्ने बताए । लिङदेनले २०४६ पछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नसकेको, कुनै पनि दल फुट्न बाँकी नरहेको बताउँदै भने, ‘हामी कहाँनेर चुक्यौं ? म कहाँ चुकें ? त्यहाँ ध्यान जानुपर्छ ।

हामी ठिक ठाउँमा बस्यौ भने सुधार हुन्छ ।’ उनले गाउँमा नेता गए गाउँलेले ‘कुन चोर आयो ?’ भन्ने गरेको उदाहरण दिँदै राजनीतिक दलका नेताले आफ्नो छवी सुधार्नुपर्ने बताए । विगतका कमी कमजोरी सुधार गर्दै राष्ट्रप्रमुखमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, साँसद मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्ने बताए ।

लिङदेनले देशको राजनीति आम जनताको दृष्टिमा लिकबाट बाहिर गएको अवस्थामा रहेको बताए । उनले सरकार सरकारको जस्तो छैन, संसद संसद जस्तो छैन्, अदालत अदालत जस्तो छैन भन्दै यी सबैलाई ठिक गर्ने राजनीति ठिक नभएको र राजनीतिलाई ठिक गर्ने नेता पनि ठिक नभएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd