झापा, २३ मंसिर २०७८, राजेश आचार्य ।
कन्काई नगरपालिका – ९ ,घैलाडुब्बा अन्तर्गत पर्ने श्री आदर्श विद्या मन्दिर मा. वि. मा नर्सरी देखि तिन कक्षा सम्मका १३४ जना विद्यार्थीहरूलाई स्विटर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विगत लामो देखि विभिन्न क्षेत्रमा विभिन्न समय सान्दर्भिक कार्यक्रम गर्दै आईरहेको Rotary Club Surunga द्वारा उक्त कार्यक्रम आयोजना भएको थियो साथै आशिष संङ्ग्रौला NRNA NCC U.S.A. (Board of director ) President (DARI CLUB U.S.A) दीपा ओलि (RN USA NEPAL ROBINHOOD ) ले कार्यक्रम प्रयोजना गरेका थिए ।
विद्यालय परिवारले आयोजक र प्रायोजक प्रति कृतज्ञता व्यक्त गरेको छ । जाडोमा न्यानो स्विटर पाउदा विद्यार्थीहरु को अनुहारमा हाँसो छाएको थियो । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया