+
Search

ताजा अपडेट +

पपुलर +

चीनका जियाङ्ग लि जियान र मोरङको रंगेलीकी आयुषा विश्वकर्माबीच नेपाली पराम्पराअनुसार विहे

राजेश आचार्य
२०७८ मंसिर २३, बिहीबार ०५:०६ गते

२३ मंसिर २०७८, मोरङ ।

चीनका जियाङ्ग लि जियान र मोरङको रंगेलीकी आयुषा विश्वकर्माबीच नेपाली पराम्पराअनुसार विहे भएको छ । आज मोरङको रंगेलीमा भब्य विवाह गरिएको हो । जियान नेपाली टोली र कोटपेन्टमा सजिएका थिए । जियानले नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न सक्दैनन् ।

सामाजिक सञ्जालमार्फत चिनजान भएका जियान र आयुषा विगत ६ महिनादेखि संगै बस्दै आएका छन् । केही समयअघि उनीहरुले मन्दिरमा विवाह गरेका थिए भने आज नेपाली पराम्पराअनुसार विहे गरेका छन् ।

आयुषालाई उनी चीन लैजाने गरी नेपाल आएको हुन् । अहिले इटहरीमा बस्दै आएका जियानले आयुषालाई खुबै माया गर्ने गरेको प्रतिकृया दिएका छन् । सबैभरी यसरी नै माया जियानले बताएका छन् ।

२ बर्षभित्रमा आयुषलाई चीन लैजाने बताइएको छ । चाइनिज ज्वाई पाउँदा आयुषाको परिवार पनि दंग परेको छ । “छोरीको जे मा खुशी छ, त्यसैमा हाम्रो नि खुशी छौं” आयुषाका बुवा राज विश्वकर्माले भन्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य