२२ मंसिर २०७८
आज विवाह पञ्चमी, त्रेता युगमा आजकै दिन राम र सीताको विवाह भएको दिनको रुपमा हर्षोल्लासका साथ मनाइँदै आइएको छ । जनकपुरको जानकी मन्दिरमा भगवान सीता र रामको विवाह महोत्सव मनाइदै छ ।
गंगा सागरमा श्रद्धालुहरु स्नान गरेर जानकी मन्दिरमा पूजापाठ गर्दै विवाह पञ्चमी मनाइरहेका छन् । यसको लागि जानकी मन्दिर भव्य रुपमा सजाइएको छ ।
जनकपुरमा विवाह पञ्चमीलाई लिएर केही दिन पूर्वदेखि नै वैवाहिक गीतहरु बज्ने गरेका कारणले विवाह पञ्चमीको रौनकता छाएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले उचालेर तीन टुक्रा पार्नुभएको थियो भन्ने रामायणमा वर्णन गरिएको छ ।
प्रतिक्रिया