+
Search

ताजा अपडेट +

पपुलर +

झापामा लागु औषध भित्राउने नयाँ तरिका, हेर्नुहोस् यस्तो रहेछ आइडिया

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २२, बुधबार ००:१४ गते

झापा, मंसिर २२ ।
झापामा लागु औषध ओसारपसार गर्न नयाँ काइदा अपनाएको पाइएको छ । लागु औषध प्रयोगकर्ता तथा कारोबारीले गुप्ताङ्ग, मलद्वार हुँदाहुँदै अहिले किताबभित्र लागु औषध भित्राउन थालेको पाइएको हो ।

मङ्गलवार बिहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका एक युवकलाई प्रहरीले शङ्का लागेर चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथमा प्रतिबन्धित लागु औषध फेला परेको थियो ।

प्रहरीका अनुसार किताबभित्र ब्राउन सुगर लुकाएर राखिएको अवस्थामा प्रहरीले भेटाएको थियो । ब्राउन सुगर किताबमा राखेर भित्राउने युवक सल्यान जिल्ला बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले डिसीलाई २३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd