झापा,मंसिर २१ ।

मेची राजमार्ग अन्तर्गत चाराली बुधबारे सडक खण्डको धाईजनमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का २८ बर्षीय भिम प्रसाद पौडेल रहेका छन् ।

गए राती पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकेर राखेको को १ त ४०१६ नम्बरको ट्याक्टर लाइ पौडेल सवार मे ९ प ६००३ नम्बरको मोटरसाईकले ठक्कर दिएको थियो ।

दुर्घटना पछि मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।

घटनाको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय