झापा, मंसिर २१ ।
सत्तारुढ दलका प्रमुख नेताहरूले एकैसाथ तीन तहको निर्वाचन गर्नुपर्ने अभिव्यक्ति २०७८ कात्तिक मध्यतिर दिएका थिए । निर्वाचन खर्च घटाउन भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै तहको निर्वाचन एकैसाथ हुनुपर्ने अभिव्यक्ति दिए ।
त्यसैको सेरोफेरोमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि मितव्ययी निर्वाचन गर्नुपर्ने भन्दै एकैसाथ तीन तहको निर्वाचन गर्न उपयुक्त हुने बताएका थिए ।
१०–१२ मंसीर २०७८ मा चितवनमा भएको महाधिवेशनपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा देखिएको कार्यकर्ता उत्साहलाई निर्वाचनमा लगाउन आग्रह गरे । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनपछि निर्वाचनमुखी क्रियाकलापमा सक्रिय हुन कार्यकर्तालाई अपील गरेका छन् ।
प्रमुख दलहरूका यस्ता अभिव्यक्तिले मुलुक निर्वाचनतर्फ मोडिएको संकेत गर्छ । कानूनतः झण्डै एक वर्षको फरकमा हुने तीन तहको निर्वाचन एकैसाथ हुने कि दुईपटक भन्नेमा दलहरूले आ–आफ्नो स्वार्थमा धारणा सार्वजनिक गर्ने क्रम शुरू भएको छ ।
अहिले संगठन विस्तारको काम गरिरहेका नेकपा (एस), माओवादी केन्द्र जस्ता दलहरू भने एकैसाथ तीन तहको निर्वाचन गर्नुपर्ने मनस्थितिमा छन्, तर यो कसरी हुन्छ भन्ने सम्बन्धमा उनीहरू पनि स्पष्ट छैनन् ।
प्रतिक्रिया