+
Search

ताजा अपडेट +

पपुलर +

झापा गोल्डकप फागुन अन्तिम साता गर्ने निर्णय

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २०, सोमबार १५:२६ गते

२० मंसिर २०७८, सोमवार
नेपालकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने भएको छ । यसका लागि आयोजक झापा गाल्डकपले तयारी सुरु गरेको छ । गोल्डकप कार्यसमितिको आज (सोमबार) बिर्तामोडमा सम्पन्न बैठकले चौथो गोल्डकप भएको दुई वर्षपछि पाँचौँ संस्करणको झापा गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो ।

कोभिडका कारण २०७६ र २०७७ सालमा प्रतियोगिता हुने सकेन । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउने उद्देश्यसाथ झापा गोल्डकप हुँदै आएको छ ।

बैठकले यही फागुन २१ गतेदेखि ३० गतेसम्म प्रतियोगिता गर्ने प्रस्ताव गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको परामर्शमा मिति टुंग्याइनेछ । यसका लागि गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङलाई सम्पूर्ण जिम्मा दिइएको छ ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने यसअघिकै राशिलाई निरन्तरता दिइने भएको छ ।

झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, नेपालका र विदेशीसहित १० वटा टिमको सहभागिता रहनेछ । बैठक गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd