झापा, २० मंसिर २०७८। झापा गाउँपालिका-१ निवासी ३८ वर्षीय भीम सोरेन को माछा मार्ने क्रममा डुबेर मृ’त्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित खोलामा सोरेन माछा मार्न गएका थिए ।
माछा मार्न गएका सोरेन शनिबार साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए ।
यता घटना विषयमा इलाका प्रहरी कार्यालय गौरीगंजले थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया