झापा, मंसिर २० ।
नेपाली कांग्रेस प्रदेश १ सभापति उद्दव थापा २ मतले विजयी भएका छन । गुरूराज घिमिरेलाई २ मतले हराउदै थापा विजयी भएका हुन्नि । निर्वाचित थापाले ८ सय ४४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८ सय ४२मत ल्याए । जम्मा १७५२ मत खसेको थियो ।
संस्थापन इतर (पौडेल) पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षका थपा सभापतिमा विजयी भएका हुन् । उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन्। महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी भएका छन्। महामन्त्री थापा भने संस्थापनइतर समूहबाट विजयी भएका हुन्।
सह–महामन्त्री महिलामा प्रमिला गच्छदार विजयी भइन्। सह–महामन्त्रीमा खड्ग फागो र बिनोदकुमार बस्नेत विजयी भए। देउवा–सिटौला समूह र पौडेल–कोइरालाको समूह बनेको प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो।
प्रदेश १ को अन्तिम मत परिणाम
पदाधिकारी तर्फ :
सभापति :
१.उद्दव थापा – ८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५
२.टंक प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९
महामन्त्री :
१.उमेश थापा -८२३
२.दिपन कुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा- ८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार -८३७
२.सीता कार्की-७३३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४
प्रतिक्रिया