झापा, १६ मंसिर २०७८। हुलाकी राजमार्ग अन्तर्गत बाह्रदशी र हल्दिबारी गाउँपालिका जोड्ने भूतेनी नदीको पूल निकै लामो समय देखि अलपत्र अवस्थामा छ ।
निकै लामो समय बितिसक्दा पनि अहिलेसम्म पूल निर्माणको कार्य सम्पन्न भएको छैन । हिउँदको समयमा खोलाबाट आवतजावत गर्ने र बर्खाको समयमा निर्माणाधीन पुलमा माटो हालेर आवतजावत गर्ने मार्ग बनाउने त्यहाँको चलन रहेको स्थानीयको गुनासो छ ।
पुल नभएको कारणले यातायात, स्वास्थ्य, व्यापारमा मात्र होइन शिक्षा क्षेत्रमा पनि ठूलो असर पुगेको छ । अधिकारी चोक , जलथल लगायतका स्थानबाट राजगढ का विभिन्न विद्यालयमा अध्ययन गर्न आउने सयौं विद्यार्थीले निकै दुख पाएको विद्यार्थीहरूको गुनासो छ ।
यता स्थानीयबासीहरु को पनि गुनासो उस्तै छ पूल नभएको कारणले बजार आवतजावत देखि लिएर यात्रामा हिँड्न निकै कष्टकर बनेको छ । निर्माणाधीन पुल बाट यात्रा गर्दा लडेर चोटपटक मात्र होइन निकै ठूलो क्षति हुँदा पनि पुल निर्माण तर्फ कसैको ध्यान नगएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया