+
Search

ताजा अपडेट +

पपुलर +

कोभिड-१९ का सबै भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लगाएको चिनियाँ वैज्ञानिक दाबी

दर्पण
२०७८ मंसिर १६, बिहीबार ०७:१८ गते

काठमाडौं, कंसिर १६ ।

चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् । ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिक सहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो ।

चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो। अध्ययन अनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले को’भिड-१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्छ।

ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चिन्ताको विषय बनेका उत्परिवर्तित भेरियन्ट विरु’द्ध प्रभावकारी रुपमा काम गर्ने चिनियाँ वैज्ञानिकको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।