+
Search

ताजा अपडेट +

पपुलर +

२२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

मुनाल न्यूज डेक्स
२०७८ मंसिर १६, बिहीबार ०१:०८ गते

झापा, मंसिर १६ ।
नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमित दुवै जना गत हप्ता दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको केन्द्रको भनाइ छ । यस्तै साउदी अरबमा पनि एकजना कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ ।

दक्षिण कोरियामा पनि ओमिक्रोनका संक्रमित फेला परेका छन् । त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पत्तीमा ओमिक्रोन देखिएको हो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd