`झापा, मंसिर १५ ।
नेपाल विद्यार्थी संघको सक्रिया राजनीतिबाट उदाएका उद्धव थापा नेपाली कांग्रेसको प्रदेश नं. १ को सभापति पदका लागि साझा उम्मेद्वार बनेका छन् ।
कृष्णप्रसाद सिटौला र संस्थापन (शेरवहादुर देउवा) पक्षको विराटनगरमा आज सम्पन्न उच्च स्तरीय बैठकले थापालाई प्रदेश सभापतिको साझा उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
दुई कार्यकाल झापाको सभापति बन्नु भएका थापा सिटौला निकट हुनुहुन्छ । पार्टीको केन्द्रीय सदस्यको आकंक्षी थापालाई सिटौला र संस्थापन पक्षले प्रदेशको नेतृत्व लिन सुझाव दिएपछि उहाँ सभापति पदको उम्मेद्वार बन्नु भएको वैठकमा सहभागी कांग्रेस झापाका सचिव हुँमागाईले बताउनुभयो ।
प्रदेश अधिवेशनको उद्घाटन भोलि विहीवार बिराटनगरमा हुँदैछ । यता कोइराला टिमबाट राजीव कोइराला र दुर्गा घिमिरे सभापति पदका लागि आकंक्षी देखिएका छन् । नेतृत्वका लागि सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको छ ।
प्रतिक्रिया