+
Search

ताजा अपडेट +

पपुलर +

पशुपतिशमशेरले कमल थापाविरूद्ध लिङ्देनलाई समर्थन गर्ने

मुनाल न्यूज डेक्स
२०७८ मंसिर १३, सोमबार १०:४८ गते

झापा, मंसिर १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आउने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन्। लिङ्देनले राप्रपामा अध्यक्ष पदमा उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन्।

राप्रपाका अध्यक्षत्रयमध्ये राणाले नेतृत्वमा दाबी छोडेको उनीनिकट नेता सगुनसुन्दर लावतीले बताए । ‘सकभर सर्वसम्मत नेतृत्व चुनियोस् भनेर उहाँले दाबेदारी छोड्नुभएको हो,’ लावतीले भने।

लावती राणा पहिले अध्यक्ष रहेको राप्रपाका प्रवक्ता पनि थिए। उनले आफ्नो समर्थन पनि लिङ्देनको पक्षमा रहेको बताए।

‘पार्टीलाई चलायमान र जनताले विश्वास गर्ने बनाउन, हिन्दु राष्ट्र राजासहितको प्रजातन्त्र स्थापना गर्न पुरानो पुस्ताले अभिभावकीय भूमिका खेल्नुपर्छ, उहाँहरूले नयाँ पुस्तालाई साथ दिनुपर्छ,’ लावतीले भने।

राप्रपा अध्यक्ष कमल थापाले पनि सोमबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन्। अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनी भने अहिलेसम्म के गर्ने भन्नेबारे खुलिसकेका छैनन्।

राप्रपाले मंसिर १५,१६ र १७ गते महाधिवेशन गर्ने तय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd