+
Search

ताजा अपडेट +

पपुलर +

झापाको विरिङ्ग खोला बस दुर्घटना हुदा, एकको मृत्यु १८ जना घाइते

दर्पण
२०७८ मंसिर १२, आईतवार ०९:४६ गते

झापा, मंसिर १२ ।
झापाको कनकाइस्थित विरिङ्ग खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना–२ ख–८०४१ नम्बरको बस आफैँ अनियन्त्रित भएर सो घटना भएको जनाइएको छ । कनकाइ– ८ स्थित विरिङ्ग खोलामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

तर, मृतकको सनाखत भने भएको छैन् । घाइतेहरु १८ को बिर्तामोडस्थित वि एण्ड सी अस्पताल र विर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।