+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्र पालिका अधिवेशन : झापामा कहाँ-कहाँ भयो सहमति

दर्पण
२०७८ मंसिर ११, शनिबार १६:४८ गते

झापा, मंसिर ११ ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को आज भएको पालिका अधिवेशनबाट झापाको चार पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

केन्द्रको प्रथम अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ । उपाध्यक्षमा मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिवमा रुद्र भण्डारी र कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन ।

यता, झापा गाउँपालिकामा भएको अधिवेशनले अध्यक्षमा रुद्र बजगाईलाई अध्यक्ष चयन गरेको छ । भेलाले अध्यक्षसहित सचिवमा खड्ग बस्नेत र कोषाध्यक्षमा यसोमती बान्तवा राईलाई सर्वसम्मत गरेको हो ।

मुख्य ५ पदका लागि तीन पदको टुङ्गो लागे पनि उपाध्यक्ष र उप–सचिवमा भने सर्वसम्मत हुन नसकेको निर्वाचन समितिका संयोजक सुन्दरलाल गणेशले जानकारी दिए । गाउँपालिकामा अब नयाँ बन्ने कमिटि ५५ सदस्यीय हुनेछ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र कनकाई नगरको अध्यक्षमा यमनाथ सेडाई सर्वसम्मत चयन भएका छन । आज दुर्गापुरस्थित दलित सामुदायिक भवनमा भएको अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार गुरुङ्ग, दिलिप घतानी र रामबहादुर थापा सर्वसम्मत चयन भएका छन । भेलाले सचिवमा विष्णुप्रसाद विमलीलाई सर्वसम्मत गरेको छ ।

यसैगरी मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया चयन भएका छन । मेचीनगरको इटाभट्टास्थित किराँत भवनमा भएको अधिवेशनबाट उपाध्यक्षमा उत्तम सिठुङ, लिला सुब्बा राजवंशी र बद्रीनाथ फुँयल, सचिवमा ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला र कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन ।

६५ सदस्यीय नगर कमिटीको सदस्यमा श्याम लामा, पदमबहादुर श्रेष्ठ, जुना निरौला, कृष्ण ढुंगाना, गोमा सिन्चुरी, पदम पुरी, दिपक भण्डारी, तारा बराल, थीरप्रसाद गौतम, टेकबहादुर कडरिया, अम्बिका बस्नेत, निर्मल खपांगी छन् ।

यस्तै, नगर सदस्यमा हरि कट्टेल, सावन मेचे, हर्कमाया बस्नेत, पवित्रा तिवारी, पुष्पासिंह ज्वाला, सन्तोष प्रसाईं, हरि दाहाल, मनिता राई, धर्मलाल राजवंशी, भोलानाथ तिम्सिना, रिता रिजाल, बद्रीप्रसाद भट्टराई, मोहन रसाइली, लक्ष्मी गौतम, तिर्थ आचार्य, भक्तप्रसाद आचार्य छन ।

नगर कमिटी सदस्यमा नविन पौडेल, लक्ष्मी श्रेष्ठ, सांगे शेर्पा, मीरा सिवाकोटी, होमप्रकाश आचार्य, अविनाश धिताल, लिलाराज शाही, कुमार भट्टराई, विनोद मण्डल, विश्वराज पोखरेल, सन्त तामाङ, जोगेन राजवंशी, हरिमाया सापकोटा, भक्तराज लिम्बू, राजु निरौला, अभिजित दवाडी, कुन्दन लम्साल, सुनिलाल राजवंशी, सुशिल राजवंशी, प्रशान्त लिम्बू, इन्दिरा पोखरेल, पोक्ची मेचे र दिलीप थापा छन । बाँकी ८ जना नगर कमिटी सदस्य थप गरिने माओवादी केन्द्र मेचीनगरले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।