+
Search

ताजा अपडेट +

पपुलर +

झापाका जिसस प्रमुख पोर्तेलद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दर्पण
२०७८ मंसिर ११, शनिबार ०९:०४ गते

झापा, मङ्सिर ११।

झापा जिल्ला समन्वय समितिका प्रमुख एवम् दलित समुदायका योद्धा सोमनाथ पोर्तेलले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वार बन्ने घोषणा गरेका छन् । चितवनको सौराहाबाटै उनले पार्टीको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् ।

२०५५ सालमा पार्टी सदस्यता लिएका उनी हाल प्रदेश कमिटी सदस्य र मुक्ति समाज नेपालका प्रदेश नं. १ संयोजक रहेका छन् .अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका उनी नेकपा एमालेबाट झापा जिल्ला समन्वय समिति प्रमुख निर्वाचित भएका हुन् ।

लामो समय जिल्ला र प्रदेशमा बसेर पार्टीमा काम गरिसकेको अनुभवका आधारमा अब केन्द्रीय समितिमा बसेर योगदान दिने उनले इच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।