झापा, मंसिर १० ।
राजेश,
हिजो झापा, मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने सन्थाल जातिलाई केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा सतार/सन्थाल लेखेकोमा सन्थालमात्र लेख्नु पर्ने र सतारलाई तत्काल तथ्यांकवाट हटाउनुपर्ने माग गर्दै विराटनगरमा र्याली सहितको विरोद्ध प्रदर्शन गरेका छन् ।
रिलोमाला सन्थाल आख्डा नेपाल नमक संस्थाको अगुवाईमा मोरङ र झापाका सैयौ सन्थालहरुले “सन्थाल जातिको अधिकार प्राप्तिको अभियान, सतार हैनौ हामी सन्थाल हाम्रो पहिचान” भन्दै शान्तिपूर्ण विरोध र्याली तथा धर्ना दिएका हुन् ।
शान्तिपूर्ण विरोध र्यालीमा नेपाली शब्दकोष सुधार गर, नकचरो जात लेख्न पाउँदैन, लबस्तरो जात लेख्न पाउँदैनौ, तथ्याँक विभागमा सतार÷सन्थाल भएको मान्दैनौं स्पष्ट स्न्थाल मात्र हुनुपर्छ, सोझा सिधा भनेर नढाट, सन्थाल पहिचान नमेट, आदीवासी सन्थाल जातिको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य राज्य निकायमा पहँच पुर्याउ, भूमिहि, आवासहित, सुकुम्बासी, नागरिकता विहिन आदीवासी सन्थाल जातिको समस्या समाधान गर भन्ने नाराहरु लगाएका थिए ।
रिलोमाला सन्थाली आख्डा नेपाल सुनवर्षी नगरपालिका वडा नं. १ असनटोल, मोरङका अध्यक्ष श्यामलाल वेस्राको अध्यक्षतामा शान्तिपूर्ण विरोध र्याली तथा धर्ना सभा सम्पन्न भएको थियो ।
भिडियो
प्रतिक्रिया