+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा प्रसाईंद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

दर्पण
२०७८ मंसिर ९, बिहीबार ०८:३६ गते

झापा, मंसिर ९ ।
करीब एक महीना अघि औपचारिक रूपमा नेकपा एमाले प्रवेश गर्नुभएका व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

महाधिवेशनका लागि चितवन पुग्नुभएका प्रसाईँले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषाणा गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । आज चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषण गरेको छु । र, यसमा विजयी हुन्छु भन्ने पनि मेरो विश्वास रहेको छ ।’

उहाँले गत कार्तिक ७ गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेताका रूपमा पहिलो भाषण गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।