झापा, मंसिर ९ ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ । एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ ।
१० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १० औँ महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताउनुभयो । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ । पर्सि ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।
प्रतिक्रिया