झापा, मंसिर ८ ।
नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेद्वार राम कट्टेल समुहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ ।
कट्टेल समुहबाट उपसभापति पदमा केदारशमसेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेद्वार हुने निश्चित भएको राम कट्टेल जिताऔं अभियान सचिवालयले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजबंशी कट्टेल समुहबाट उम्मेद्वार हुने भएका छन । त्यसैगरी उक्त समुहबाट सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार हुने निश्चित भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि भोलि उम्मेद्वारी दर्ता र मंसिर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन ।
प्रतिक्रिया