+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालको दाबी–महाधिवेशनपछि एमाले फुट्छ

मुनाल न्यूज डेक्स
२०७८ मंसिर ८, बुधबार ०२:२१ गते

झापा, मंसिर ८ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनपछि एमाले फुट्ने दाबी गरेका छन् ।

मंगलबार धनुषाको तीनकोरिया चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र रहेका केपी ओली प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशनपछि फुट्ने निश्चित रहेको बताए ।

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरी र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ ।

त्यसको परिणाम एमालेले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चत छ ।’ओलीको बोलीमा विश्वास गर्ने अवस्थामा अब नेपाली जनता नरहेको उनको भनाइ छ ।

उनले भने, ‘अब नेपाली जनताको नेकपा एकीकृत समाजवादीप्रति विश्वास बढ्दै गएको छ । हाम्रो पार्टी सदैव लोकतन्त्र, गणतन्त्र, संघीयताको पक्षमा उभिरहन्छ ।’समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध सजग र सतर्क रहन नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पार्टी प्रवेश गरेका माओवादी केन्द्रका नेता रामचन्द्र झासहितलाई स्वागत गर्दै नेपालले भने, ‘मुलुकलाई समृद्ध, सामाजिक, आर्थिक परिवर्तनको पक्षमा हुनुहन्छ भने तपार्इंहरू पनि नेकपा एकीकृत समाजवादी पार्टीको एजेन्डा र विचारसँग जोडिनुस् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd