झापा, मंसिर ६ ।
नेपाली काँग्रेसको झापा ३ न क्षेत्रको सभापतिमा गणेश पोखरेल पुनः विजयी भएका छन्। पोखरेलले राजेन्द्र घिमिरेको १०८ मतका विरुद्ध ५२० मत पाएर पुनः क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।
३ न क्षेत्रको सचिव पदमा गीता प्रसाद भट्टराई र भूपाल वस्नेत विजयी भएका छन्। ४ महाधिवेशन प्रतिनिधिमा उर्मिला कुमारी गौतम, तारादेवी वाराकोटी, लता कार्की र शर्मिला अधिकारी तथा महाधिवेशन प्रतिनिध खस आर्यमा टिकाराज ढकाल र कृष्ण प्रसाद प्रसाइ विजयी भएका हुन्।
आदिवासी जनजाति खुला महाधिवेशन प्रतिनिधिमा खडक प्रसाद राजवंशी , डम्वरसिंह सिगु र मनोज सुव्वा गौरव तथा मधेशी कोटा एकमा ओम प्रकाश सरावगी विजयी भएका छन्।
त्यसैगरी जगत वहादुर वस्नेत, दयानन्द गोश्वामी, नवीन विमली, विजय रिजाल, भगीरथ कुमार पोद्दार, भूमि प्रसाद राजवंशी, मोहन महर्जन , राम प्रसाद दुलाल, श्याम प्रसाद सिटौला र सीताराम खडकाले महाधिवेशन प्रतिनिधिको १० जनामा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
प्रतिक्रिया