+
Search

ताजा अपडेट +

पपुलर +

झापा बाह्रदशीका सन्ताेष हेमरम जसले गरे पुलिसका लागि पहिलो गोल

दर्पण
२०७८ मंसिर ७, मंगलवार ००:२३ गते

झापा,मंसिर ०६ ।

सोमबार सम्मपन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय भिडन्तको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो ।

पुलिसका सन्तोष हेमरमनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए । खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकलाई पुसिलका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए ।

१०औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा सन्तोष तामाङको क्रसमा कप्तान भरत खवासको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

४३औं मिनेटमा सेसेहाङ आङ्देम्वेको बक्स बाहिरको प्रहारलाई गोलरक्षक शत्रुघनले सहजै नियन्त्रणमा लिए । ४६औं मिनेटमा सन्तोष हेमरुनको क्रस प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले सहजै नियन्त्रणमा लिए ।

५१औं मिनेटमा झापा बाह्रदशीका सन्तोष हेमरमले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । उनले तेज तामाङको फ्रिकिकलाई हेडरमार्फत सदुपयोग गरेका थिए ।

विकास तामाङले बुद्ध बल तामाङलाई फल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो । ६१औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदान छिरेका विवेकले सन्तोष तामाङले दिएको पासलाई सदुपयोग गरे ।

पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट फिनिस गरेका थिए । लगत्तै ६२औं मिनेटमा सुदिल राईले सुवर्ण अवसर पाएपनि उनको प्रहार पहिलो बारबाट थोरै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

६३औं मिनेटमा बुद्ध बल तामाङको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा पुलिसले अग्रता लिन सकेन । ८१औं मिनेटमा सुदिल राई र कप्तान भरत खवासको समन्वयमा बनेको मुभ सदुपयोग हुन सकेन ।

८६औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गरेपनि अफसाइड ठहरिदा आर्मी जितबाट वञ्चित बन्यो । बराबरीपछि दुवै टोलीको समान १ अंक भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।