+
Search

ताजा अपडेट +

पपुलर +

आज देशभर माओवादी केन्द्रको वडा सम्मेलन

मुनाल न्यूज डेक्स
२०७८ मंसिर ४, शनिबार ०३:१६ गते

झापा, मंसिर ४ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज मंसिर ४ गते शनिबार देशभरका वडाहरुमा सम्मेलन गरी नेतृत्व चयन गर्ने गर्दै छ ।

हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी पुस ११—१३ सम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार वटा ७४३ वडा, ७५३ वटा पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको उनको भनाइ छ ।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd