झापा कार्तिक ३ ।
झापाको झापा गाउँपालिका ६ भृकुटी चौककी ६२ बर्षीया हरिमाया बि.क.को करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया