+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट आयात मात्र हाेइन, नेपालमै उद्याेग खाेलेर निर्यात गर्नुपर्छ : मन्त्री शर्मा

दर्पण
२०७८ मंसिर २, बिहीबार १६:२५ गते

झापा, कार्तिक २ ।

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

काठमाण्डौमा आज बिहीवार भएको फर्मा ट्र्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गर्नुभएको हो ।

मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्र्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौँ, उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुटसमेत सरकारले दिन्छ, फर्मा ट्र्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ ।’

अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरू भएको बताउँदै त्यस्ता स्रोतहरू प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।