+
Search

ताजा अपडेट +

पपुलर +

विकल्प नराेज्दा जनगणनामा सधैँ छुट्छन् विदेशमा रहेका नेपाली

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक २६, शुक्रबार १५:५१ गते

झापा, कार्तिक २६ ।
राजेश आचार्य
राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न भइसकेको र अब जनगणना मात्र बाँकी रहेको जानकारी दिएको हाे ।

२५ कात्तिक देखि ९ मङ्सिरसम्म हुने गणनाका लागि देशभर ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइएकाे छ । विभागले घर तथा घरपरिवारकाे लगत सूचीकरणका लागि २५ मुख्य र ५५ सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरेको छ ।

यसरी तयार पारिएको प्रश्नमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका हकमा विदेश गएको भन्ने विषय मात्र समेटिएको छ । जनगणनामा वैदेशिक रोजगारीमा छन् कि छैनन् भन्ने प्रश्न र संख्या मात्र राखिएको हाे । साथै अध्ययन र अन्य पेशाका हकमा पनि कुन देशमा अध्ययनसँगै राेजगारी गरिरहेका छन् भन्ने प्रश्न समेटिएको विभागले जानकारी दिएको छ ।

विगतझैँ राष्ट्रिय जनगणना २०७८ मा पनि विदेशमा रोजगारी, अध्ययन र अन्य पेशा/व्यवसायी गर्दै आएका नेपालीहरू छुट्ने भएका हुन् । विगतका जनगणनामा जस्तै यसपटक पनि विदेशमा रहेका नेपालीहरूको यथार्त विवरण समेट्न नसकिने विभागले जनाएको हाे ।

जनशक्ति अभाव

विश्वका १ सय ८९ देशमा नेपालीहरू पुगेका छन् । अहिले विभिन्न देशमा करिब ८० लाख नेपालीहरू रहेको अनुमान छ । तर जनगणनामा उनीहरूकाे विवरण मात्र संकलन हुने भएकाे हाे । मूल गणना गर्न सम्भव नरहेकाे केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले बताए । ‘स–परिवार नै विदेशमा बसाई सरेको तथ्यांक लिन हामीसँग जनशक्ति अभाव छ । जसका कारण विदेशमा रहेका नेपालीको वास्ताविक विवरण आउने सम्मावना छैन तर प्रयास भने हुनेछ’, उनले भने ।

सरकारले सुरुमा २०७८ सालको जनगणनामा भारतसहित खाडीका देश, मलेसिया, युरोपका देश, अमेरिका, क्यानडा र अन्यमा रहेका नेपालीको वास्तविक विवरण संकलन गर्ने योजना बनाएको थियो । तरपछि कोरोना महामारी र जनशक्ति अभावकाे कारण देखाउँदै पन्छिएकाे छ ।

वैकल्पिक उपाय खोज्नुपर्छ

सरकारले विदेशमा रहेका नेपालीलाई राष्ट्रिय जनगणनामा समेट्न वैकल्पिक उपाय खाेज्नुपर्ने रोजगारविज्ञ पूर्णचन्द्र भट्टराईले बताए । अनलाइन फार्मबाट अथवा विदेशमा बसोबास गर्दै आएका गरैआवायीय नेपाली संगठनहरूकाे सहयोग लिएर पनि सबै नेपालीहरूलाई जनगणना कार्यक्रममा समेट्नुपर्ने उनले बताए । विदेशमा बसाई सरेकाहरूका छिमेकी, उनीहरूका परिवार र आफन्तको सहयोगमा पनि गणना गर्न सकिने उनले बताए । नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd