झापा, कार्तिक २४ ।
छैठ पर्व : अस्ताउदो सुर्य लाई अर्ग दिदै सुर्य भगवानको पूजा गरिदैछ । कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएकाे थियाे तर यस बर्ष भने नदि ,तलाउ मा नै छठ पर्व मनाउने व्यापक तयारि अन्तिम चरणमा पुगेकाे छ ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँन्छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने याे पर्व सूर्यदेवको आराधना, उपासना र पूजा गरि अाज देश भरि नै व्यापक रूमा मनाईदैछ भने पुर्वमा पनि तयारि अन्तिम चरणमा पुगेकाे छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा सहयाेग मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने चलन रहेकाे व्रतालु मेचिनगर १० का राम मण्डल ले बताउनु भयाे
षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
पूर्वका मुख्य नदि तथा खाेलाहरू मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवा लगायत नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपालि वृहत् तथा सामूहिक छठ पूजाको तयारी गरिएको छ । सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने निन्दा, कनकाई, बिरिङ्ग र रतुवा नदीमा पनि तयारि अन्तिम चरणमा पुगेकाे छ ।
यस बर्ष भने लाखाैको सङ्ख्यामा छैटका बर्तालुहरू ले नदीमा नै उपस्थित भएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठीदेवीको पूजा गर्दैछन् ।
प्रतिक्रिया