+
Search

ताजा अपडेट +

पपुलर +

बालगोपालेश्वर मन्दिर दिदीबहिनी र दाजुभाइ नहुनेका लागि खुला

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक २०, शनिबार ०४:४६ गते

झापा,कात्तिक २०।

काठमाण्डौको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुलेको छ । दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइका लागि मन्दिर खुलेको हो ।

बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्र खुल्ने गर्दछ । २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

भूकम्पले क्षति भएको मन्दिर पुनर्निर्माणको काम अघिल्लो वर्ष सकिएको थियो । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिनुभयो ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd