+
Search

ताजा अपडेट +

पपुलर +

‘एमसीसी पास गर्छौ भनेर होइन, पास हुँदैन भनेर चिठी लेखेका हौँ’

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक २०, शनिबार ०२:४९ गते

झापा,कात्तिक २०।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी पास हुन नसक्ने प्रष्टिकरण दिएका छन् । इन्द्रेणी साँस्कृतिक टोलीसँगको देउसी भैलोमा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति र एकताबिना पारित नहुने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर चिठी लेखेको बताएका थिए । त्यसपछि एमसीसी प्रकरण फेरि चर्चामा आएको हो ।

‘प्रधानमन्त्रीजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डले र मैले चिठी पठाइसकेका छौँ भनेर । देशैभरी साथीहरुमा तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठी पठाएका होइनौँ, पछि प्रधानमन्त्रीजीले पनि त्यस्तो भनेको होइन भनेर सच्याउनुभएको छ ।’ उनले भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नभई हामीले यसलाई पारित गर्न सकिँदैन ।

त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौ, समस्या कहाँ छ, भनेर त्यसको निदानको उपाय निकाल्छौँ भनेर चिठी लेखेका हौँ । हामी पास गर्छौ भनेर चिठी लेखेको होइन ।’ अध्यक्ष प्रचण्डले गठबन्धन राम्रैसँग अगाडि बढ्ने समेत बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd