+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गमा दुईवटा खाल्टो

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक १८, बिहीबार १२:५८ गते

झापा, कार्तिक १८ ।

केही समय अघिमात्र बाटोमा पन्ध्र फिट भन्दा गहिरो खाल्डो परेको खबरले निकै तीव्र रूप लिएको थियो । त्यो खबर सेलाउन नपाउँदै यता झापाको बाह्रदशी गाउँपालिका वडा नं ३ (ज्ञानज्योति मा. वि नजिकै) अन्तर्गत पर्ने होलाकी राजमार्ग दुईवटा खाल्डो परेका छन् ।

खाल्टो के कारण भयो र कतिसम्म गहिरो छ भन्ने यथार्थ विवरण अहिलेसम्म उपलब्ध भएको छैन । राजगढ देखि जलथल हुँदै भद्रपुर चन्द्रगढी सम्म दिनमा हजारौं सवारी साधनहरु यस राजमार्ग हुँदै जाने गरेका छन् ।

तर बाटोमा यत्रो ठूलो खाल्टो हुँदा पनि न त कुनै किसिमको संकेत नै राखिएको छ न त कुनै किसिमको सामान्य मर्मत तर्फ कसैको ध्यान नै गएको छ। यसरी बनाएको केही वर्षमै राजमार्गमा खाल्टो पर्ने कालोपत्रे भत्किने जस्ता समस्याका कारणले भोलिको दिनमा ठूलो दुर्घटना न आउला भन्न सकिँदैन ।

।। हुलाकी राजमार्ग अन्तर्गत बाह्रदशीमा बनाएको कालोपत्रे केही वर्षमानै प्वाल पर्यो

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd