+
Search

ताजा अपडेट +

पपुलर +

आज यमपञ्चक (तिहार)को तेस्रो दिन देवी लक्ष्मीको पूजा आराधना गरिदै

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक १८, बिहीबार १२:१७ गते

झापा, कार्तिक १८ ।
राजेश आचार्य,
सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता रहिआएको छ ।यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ ।

घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ ।

आजको दिन बिहानैबाट गाइलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ‘गौ माता’ को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाइको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ ।

कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ ।पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलाई लिप्ने चलन छ । गाइको दूधको महिमा त अपरम्पारै छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ ।

अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीकापाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd