+
Search

ताजा अपडेट +

पपुलर +

कोइलाजन्य उर्जा बिस्थापित गर्ने ४० भन्दा बढी देशको प्रतिवद्धता

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक १८, बिहीबार १०:५७ गते

झापा कार्तिक १८ ।

कोइलाबाट उत्पादित उर्जाको विकल्प खोज्न ४० भन्दा बढी देश सहमत भएका छन्। बेलायतको स्कट्ल्याण्ड स्थित ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ को क्रममा ४० भन्दा बढी देशहरु कोइलाबाट उत्पादित उर्जाको प्रयोग वा इन्धनका रुपमा कोइला प्रयोगको विकल्प खोज्न सहमत भएका हुन् ।

यसरी सहमति गर्नेमा ठूलो मात्रामा कोइला प्रयोग गर्दै आएका पोल्याण्ड, भिएतनाम र चिलेसहितका देश छन् । तर विश्वमै धेरै कोइला प्रयोग गर्दै आएका वा त्यसमा आश्रित रहँदै आएका अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले भने समझदारीमा हस्ताक्षर गरेका छैनन् ।

जलवायु परितर्वनको प्रमुख कारकका रुपमा कोइला रहेको छ । समझदारीमा हस्ताक्षर गर्नेहरुले आन्तरिक र बाह्य रुपमा कोइला उत्पादन वा कोइलाबाट उर्जा उत्पादन गर्ने योजनामा लगानी बन्द गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै प्रमुख अर्थतन्त्रबाट कोइलाजन्य उर्जालाई सन् २०३० सम्ममा बिस्थावित गर्ने र सन् २०४० सम्ममा गरिब देशबाट कोइलाजन्य उर्जा बिस्थापित गर्ने प्रतिवद्धता गरेका छन् ।

ठूला बैंकहरुले पनि कोइला खानीहरुमा लगानी नगर्ने जनाएका छन् । विश्वव्यापी रुपमा कोइलाको प्रयोगलाई कम गरिएको भए पनि अझै यसमाथिको निर्भरता भने अधिक छ । सन् २०१९ को तथ्यांक अनुसार विश्वव्यापी रुपमा झण्डै ३७ प्रतिशत विद्युतको स्रोत कोइला थियो ।

दक्षिण अफ्रिका, पोल्याण्ड र भारतसहितका देशले आफ्नो उर्जा क्षेत्रलाई स्वच्छ बनाउनका लागि ठूलो लगानी गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd