झापा, कार्तिक १८ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन पूरै समय टिक्ने बताएका छन्। संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्केका देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले निर्वाचनसम्म गठबन्धनले सँगै काम गर्ने संकेत गरे। देउवाले गठबन्धनबारे कुनै शंका गर्न आवश्यक नरहेको बताए। कोप– २६ सँग सम्बन्धित बाहेक अरू प्रश्न नगर्न आग्रह गरेका देउवाले न्यायालयमा देखिएको समस्याबारे बोल्न चाहेनन्।
प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. माधवबहादुर कार्की सहभागी थिए।
प्रतिक्रिया