झापा, कार्तिक १७ ।
राजेश आचार्य
“मेरो गणना मेरो सहभगिता” नाराका साथ राष्ट्रिय जनगणा २०७८ को दोस्रो चरणको मुख्य गणना कार्यका लागि तालिम सम्पन्न भएको छ ।
बाह्रदशी गाउँपालिका र हल्दीबारी गाउँपालिका अन्तर्गत छनौट हुनुभएका गणकहरुको ४ दिने तालिम कार्यक्रम स्थानिय जनगणना कार्यालय बाह्रदशी राजगढको आयोजनामा राजगढ स्थित सामुदायिक भवनमा मिति २०७८/०७/१४ उदघाटन गरी पशुपति मा .वि .मा सन्चालन भएको थियो।
कार्यक्रममा जिल्ला जनगणना कार्यालय भद्रपुर का पदाधिकारी ज्युहरु, बाह्रदशी गाउँपालिकाका अध्यक्ष ज्यु, स्थानीय जनगणना कार्यालय राजगढका अधिकारी ज्यु तथा कार्यलयका अन्य पदाधिकारी ज्युहरु, गणक तालिमका प्रशिक्षक ज्युहरु, सुपरिवेक्षक ज्युहरु र बाह्रदशी गाउँपालिका र हल्दीबारी गाउँपालिका अन्तर्गत छनौट हुनुभएका गणकहरु ज्युहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो भने गणक तालिम कार्यक्रम आजाका मितिबाट सम्पन्न भएको छ ।
प्रतिक्रिया