+
Search

ताजा अपडेट +

पपुलर +

राजगढ स्वास्थ चौकिलाइ स्वास्थ सामाग्री बितरण गर्दै दुई युवा

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक १७, बुधबार ०५:५२ गते

झापा, कार्तिक १७ ।

झापा बाह्रदशीका गायक आकाश क्षेत्री र चारपाने निवासी प्रदिप पौड्याल काे पहलमा स्वास्थ्य क्षेत्र लाई अगाडि बढाउनकोलागि राजगढ स्वस्थ्य चौकिलाई विभिन्न स्वास्थ्य सामानहरू करिब एकलाख मूल्य बराबरको सामन बितरण गरेका छन ।

अक्सिजन कन्सलेटर,माक्स, सेनिटाइज, ग्लोब्स, पिपिइ सेट, गमबुढ, थरमोमिटर डिजिटल, लगाएतका सामनहरू बितरण गरिएको छ । भविष्यमा स्वास्थ्य क्षेत्रमा आफुले सक्ने सहयोग अजै पनि रहने गायक क्षेत्री र पौड्याल ले मन्तब्यमा राखेका थिए ।

कार्यक्रमा राजगढ स्वास्थ चौकि कार्यालय प्रमुख रबिन कुमार पोख्रेल कार्यक्रम सन्चालन गर्नु गरेका थिए ।

कार्यक्रमको सभापती राजगढ स्वास्थचौकि सदस्य समेत रहनुभएका कपिलेश्वर शाह, अथितिहरू राजगढ स्वास्थ्य चौकि कर्मचारी जनस्वास्थ्य निरिकक्षक खेमराज शाह , साथै राजगढ स्वास्थ्य चौकि सम्पुण कर्मचारी हरू बिच समापन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd